Translate
Monday, August 21, 2017
Friday, August 18, 2017
muktak
सन्ध्या सापकोटा अग्राख
लाग्छ यिनै चिज बारम्बार न"भइदियोस् ,
जिन्दगी फसाउने कारागार न"भइदियोस् |
सधैंभरि पारदर्शी भएर टल्कने र फुट्ने ,
एेना सँग तुलना मेरो निधार न"भइदियोस् |
सधैंभरि पारदर्शी भएर टल्कने र फुट्ने ,
एेना सँग तुलना मेरो निधार न"भइदियोस् |
Thursday, August 17, 2017
चक्र
यो सहर सुन्दर चीजको आवरण सर्लक्कै उप्काएर आफ्नै रागले खुम्चिएको मरिच जस्तो विचारले लट्पटिएको अखबारको पानाको सिरानमा लगेर टाँस्छ। सौन्दर्य चोर्ने आँखाले कति दिनलाई चोर्न नपर्ने गरी चोर्यो र कैद गर्यो। टाँस्नेले कुन-कुन अङ्गमा छोयो बेस्सरी, बिस्तारै वा बिचमा तर कसैले अँगालोभरि उसैको सौन्दर्य नयाँ बेहुलीको सारी झैँ लतारेर स्वयम् उसैलाई बेच्दैछ।
.... "म यो सहरको नामी दर्शक हुँ। मलाई हेर्नकै लागि आँखा दिएको छ तर हेर्न पाउने अनुमति पत्र दिएको छैन।" मैले रिङरोडमा चलाइरहेको आँखाले कुरुपतादेखि सुन्दर, स्वरूपदेखि आकार र प्रकारदेखि तहसम्म कैद गरिरहन्छ। आफैँले चलाइरहेको आँखाको दाहिनेपट्टि नि:शुल्क गन्तव्यमा पुर्याइदिने बहानामा सवार छ सौन्दर्य, उही सौन्दर्यलाई उसैको सुन्दरता बेच्न। झ्याल ढक्ढकाइरहन्छ अनेकौँ भोका सूर्यको सुन्दरता बेचेर पेट पालिरहेको रेडियो।
....आफ्नो सौन्दर्य देखेर ऊ के सम्बोधन गर्दो हो? तर बिहानै चिया पिउन निक्लेका बादलहरूले एउटा गराको डिलमा उसको मुस्कान झिकेर ओँठमा चुम्छन्। संवेदना बिर्सि छाती नाप्छन्, भोलिको भविष्य के जन्मेला भनेर नितम्बमा प्रश्न अड्याउँछन्। कोल्टो पर्ने कति होलान् पर के छ भनेर हेर्ने।
उस्तै सौन्दर्यलाई यौनाकारमा चिटिक्क पारेर काटुन्जेल उत्तेजित हुँदै पछाडि विर्यको लेप लाएर भित्तामा टाँसेको कोठाहरूमा मैले पनि अतिरिक्त गणितको गृहकार्य गरेको याद छ।
उसको सौन्दर्यलाई चार टुक्रा पारेर सोली बनाइदिँदा चटपटेवालाले कति मिठ्याइरहेको होला जिब्रो। ... एक किलो मासु किन्दा पसलेले दुई किलो सित्तैमा भनेको तीन किलोको पैसा एक किलोको मात्र दिँदा नाफा सम्झने पनि यही दैनिकी चलाइरहेका छन्। बाटोको नाली छेउ लछप्पै भिजेको सौन्दर्य स्कुले नानीहरूले निशाना बनाएर ढुङ्गा हानिरहेका छन्।
कतिले पेट भर्न, कतिले आँखा भर्न, कतिले मुख रसाए, कतिले यौनान्द पाए तर केही याद नगरी ठुलो भाइले सोहोरेर आज बिहानै नगरपालिकाको गाडीले सित्तैमा गुडायो। पर लगेर आँखा डौडायो। एउटा सेतो पाना कालो पानामा परिणत हुँदा पनि उसको सौन्दर्य झन् चम्किरहेको थियो। यो सहरमा सबका सबले खोल ओढेर उसलाई खेलाएर एउटा भोको सडक बालकको नाङ्गो पैतलाले कुल्चेपछि कालो आकृति खरानीमा बदलीदिंदा उही खरानी हावाले प्रत्येक ठाउँमा पुर्याउने क्रममा सौन्दर्यवालाकै मुहार भरि पनि पुग्यो।
18 जुलाई बिहान 01:17
रूप रसाइली
रूप रसाइली
तस्वीर गुगलबाट
लक्ष्मण भन्तना " शिरीष
gajal
के हुन्छ के थाह भोली, यो धड्कन रोकिए पछि
म दुनियाँ भुली दिन्छु, तिम्लाई सम्झिए पछि ।।
म दुनियाँ भुली दिन्छु, तिम्लाई सम्झिए पछि ।।
आँफै भित्र यो जिन्दगी, अर्थ पुर्ण लाग्छ अचेल
म हुनुको प्रमाण तिमी, ऐनामा देखिए पछि ।।
म हुनुको प्रमाण तिमी, ऐनामा देखिए पछि ।।
तिम्रो स्थान यो मुटुमा, आँफै तय गर्नु प्रिया
ढुंगा पनि द्यौता बन्छ, आस्थाले पुजिए पछि ।।
ढुंगा पनि द्यौता बन्छ, आस्थाले पुजिए पछि ।।
मन्दिर हो मेरो घर, तिमी हौ देवी यो मनको
स्वर्ग लाग्छ तिमी मेरो, ढुक्ढुकी भैदिए पछि ।।
स्वर्ग लाग्छ तिमी मेरो, ढुक्ढुकी भैदिए पछि ।।
म कहिल्यै "म" रहिन, भएँ जुनी - जुनी तिम्रै
जानी नजानी जिन्दगी, तिम्लाई सुम्पिए पछि ।।
जानी नजानी जिन्दगी, तिम्लाई सुम्पिए पछि ।।
लक्ष्मण भन्तना " शिरीष"
गोरखा
हाल- अबुधावी
गोरखा
हाल- अबुधावी
Mormonism Mayas·
''अाज फेरि भक्कानिँदै राेएँ''
—निर्मोही व्यास
जिन्दगीमा सधैँभरि निसासिँदै रोएँ
आज फेरि भक्कानिदै धेरै धेरै रोएँ
०
जुनीभरि जून के हो ? थाहै पाइएन
घाम कैले झुल्क्यो भन्ने चालै पाइएन
उज्यालोको प्यासमा नै तीनबीस छोएँ
आज फेरि भक्कानिदै धेरै धेरै रोएँ
०
थाहा त छ— ''सबै जना हुन्नन् भाग्यमानी''
तर पनि बुझ्दैन यो चित्त जानाजानी
कहालिँदै आफ्नो मन आफैँसित फोएँ
आज फेरि भक्कानिदै धेरै धेरै रोएँ
०
जीवनमा अझै कति रुन बाँकी होला !
रुँदा रुँदै बित्ने हो कि चारदिने चोला !
मुहार यो भुलभुले आँसुले नैे धोएँ
आज फेरि भक्कानिदै धेरै धेरै रोएँ
०००
(रचनाः १८ फागुन २०६९)
(छापिँदै गरेकाे कविता–सङ्ग्रह ''बग्दैबग्दै" बाट)

सन्तोष अम्गाई
#गजल
सूर्य उदाउनै बिर्सियो भने दिन कसरी हुन्छ?
भन एक र दुई हुँदै नभई तीन कसरी हुन्छ?
गुजारा चलाउन भारतकै भर पर्छौ भने हामी
सबै भन्दा असल छिमेकी चिन कसरी हुन्छ?
कार्यलयमै आनन्दले तास खेल्न पाउँदा सम्म
कर्मचारी देश बिकाशमा तल्लीन कसरी हुन्छ?
कर्मचारी देखि नेता सम्म सबै भ्रष्ट भए पछी
जनताहरुको जीन्दगी रड़्गिन कसरी हुन्छ?
हर्न रुपी दुस्मन छन त भर्याड़ रुपी आफन्त
भनिदेउ अब यो जीवन अर्थहिन कसरी हुन्छ?

सुन्तली,च्यान्टे भेट भएछ,जात्रामा असोजमा हेर
च्यान्टेलाई मन परेछ,अनि लागेछ उ खोजमा हेर
दिनरातको अथक प्रयत्न पछि,खोजी भो सफल
चल्यो सिलसिला हेराहेर ,हुने भो भेट रोजमा हेर
चल्यो सिलसिला हेराहेर ,हुने भो भेट रोजमा हेर
दुबै हराए प्रेममा सोर सत्रको,दुनियाँ बिर्सिए पुरै
संसारै यत्तिहो ठानी,डुबे उनीहरू दुबै मोजमा हेर
संसारै यत्तिहो ठानी,डुबे उनीहरू दुबै मोजमा हेर
बालविबाहको कानुनले छोएन,न कोही बुझाउने
बाँधिए दाम्पत्यजीवनमा,रमे बिहेको भोजमा हेर
बाँधिए दाम्पत्यजीवनमा,रमे बिहेको भोजमा हेर
तीनसन्तान जन्मिए,उमेर बीस नपुग्दै दम्पति का
थाहा पाए दुबैले,जीवन दबेको भारी बोझमा हेर
थाहा पाए दुबैले,जीवन दबेको भारी बोझमा हेर
रोक्न सके बालबिवाह,घट्थ्यो मात्रृमृत्युदर पनि
कोपिलामै नओईलिई,चम्कने मुहार ओजमा हेर
शारदा ओली शिवाकोटी हेटौडा.
कोपिलामै नओईलिई,चम्कने मुहार ओजमा हेर
शारदा ओली शिवाकोटी हेटौडा.
BIPUL SIJAPATI
गजल कसरी आकर्षक हुन्छ ?
गजल कसरी आकर्षक हुन्छ ? एक मित्रको प्रश्न । हिन्दी उर्दु र नेपालीमा अथाह गीत र गजलहरू लेखिसकिएका छन्, त्यसैले कहीँ न कतै भाव दोहरिनु स्वाभाविक हो । त्यसैले गजल या गीत आकर्षक हुन तीन कुराहरू आवश्यक हुन्छन् भन्ने मलाई लाग्दछ । पहिलो कुरा हो अपूर्व कथन । यदि गजलमा अगाडि नभनिएका नवीन कुरा लेख्न सकियो भने गजल आकर्षक हुन्छ, पाठकले नयाँ बिचार, नयाँ कथन पढन पाउने छन् र गजल आकर्षक हुन्छ । दोश्रो कुरा प्रस्तुति या शैली (अन्दाज-ए-बयाँ) । गजलका शेरहरू प्रस्तुत गर्ने नयाँ शैलीले पनि गजल आकर्षक हुन्छ । नौला मीठा शब्दहरूको प्रयोग, अलंकारहरुको प्रयोगले पहिले भनिसकिएका कुरा या भाव पनि नौला र आकर्षक लाग्छन् । तेश्रो कुरा हो बक्रोक्ति । गजलका शेरहरूको रैखिक र बृतात्मक अर्थका हुने गरेका छन् । बृतात्मक अर्थ बोकेका शेर रैखिक अर्थ बोकेको शेरभन्दा अलग हुने भएकाले मीठा हुन्छन् । ऊ हाँसेको हेर्ने कोशिश गरिरहेँ जो ऐना हेर्दा मैले देख्छु सँधैभरि रैखिक अर्थमा त आफैलाई हाँसेको हेर्ने कुरा छ तर बृतात्मक अर्थमा ऊ अर्थात् प्रेमी/प्रेमीकालाई भन्न खोजिएको छ । मलाई लाग्छ गजल यिनै तन कुराहरूले आकर्षक र नयाँ लाग्दछन् ।

Saturday, August 12, 2017
गजल- प्रभा ढुङ्गाना
सक्छौ दिल चोरेर लैजाउ म सलाम गर्नेछु ।
र फर्काउन आउँदै नआउ म सलाम गर्नेछु ।
मेरो मुटु जलाउने तिम्रा ठूला सप्ना बोकि,
धाउ ति मठ मन्दिर धाउ म सलाम गर्नेछु ।
गरिब भनी लत्याएर धनी लाई रोजेपछी,
हिरा मोतिकै जुहार लगाउ म सलाम गर्नेछु ।
जिवनमा अनेक पीडा पर्नसक्छ तिम्लाइ पनि,
हरेस भने खाँदै नखाउ म सलाम गर्नेछु ।
जिन्दगीमा अरु कुनै उदेश्य लिदै नलेउ ,
आफू बाँच अरुलाई बचाउ म सलाम गर्नेछु ।
Thursday, August 10, 2017
गजल
कहिलेकाहीं जाने ठाँउ भूलिन्छ हतारमा
विरोध हैन आलोचना चाहिन्छ विचारमा
विरोध हैन आलोचना चाहिन्छ विचारमा
अपराधीक गीरोह त्यो पुलिस भित्र नै छ
त्यसैले निर्दोषहरु जाकिन्छन् कारागारमा
त्यसैले निर्दोषहरु जाकिन्छन् कारागारमा
जो अपाङ्ग छ वर्षौदेखि हिडँडुल सक्दैन
हत्याराको अभियोग लाग्यो खै के आधारमा?
हत्याराको अभियोग लाग्यो खै के आधारमा?
जति गुन लाए पनि बैगुनीलाई कहाँ हुन्छ
भ्रम अनि असत्यको खेति फल्छ संसारमा
भ्रम अनि असत्यको खेति फल्छ संसारमा
न देशको हालत ठिक छ न जनता कठ्ठै
देश डुब्छ राजनितिले व्यक्ति डुब्छ व्यापारमा
©देवराज भन्तना
८अक्टोवर२०१४
देश डुब्छ राजनितिले व्यक्ति डुब्छ व्यापारमा
©देवराज भन्तना
८अक्टोवर२०१४
Subscribe to:
Posts (Atom)
-
सन्ध्या सापकोटा अग्राख लाग्छ यिनै चिज बारम्बार न"भइदियोस् , जिन्दगी फसाउने कारागार न"भइदियोस् | सधैंभरि पारदर्शी भएर टल्कने र फ...
-
बाढी पहिरोले ल्याएको अभाव भन्दा ठूलो अभाव मेरो संगीत यात्रालाई सम्झेर अनि अफ्नो देश भन्दा बाहिर रहेर आफ्नो कर्मप्रति भन्दा म प्रती समय खर्...
-
गजल Photo-Devraj Bhantana कहिलेकाहीं जाने ठाँउ भूलिन्छ हतारमा विरोध हैन आलोचना चाहिन्छ विचारमा अपराधीक गीरोह त्यो पुलिस भित्...