सुन्तली,च्यान्टे भेट भएछ,जात्रामा असोजमा हेर
च्यान्टेलाई मन परेछ,अनि लागेछ उ खोजमा हेर
दिनरातको अथक प्रयत्न पछि,खोजी भो सफल
चल्यो सिलसिला हेराहेर ,हुने भो भेट रोजमा हेर
चल्यो सिलसिला हेराहेर ,हुने भो भेट रोजमा हेर
दुबै हराए प्रेममा सोर सत्रको,दुनियाँ बिर्सिए पुरै
संसारै यत्तिहो ठानी,डुबे उनीहरू दुबै मोजमा हेर
संसारै यत्तिहो ठानी,डुबे उनीहरू दुबै मोजमा हेर
बालविबाहको कानुनले छोएन,न कोही बुझाउने
बाँधिए दाम्पत्यजीवनमा,रमे बिहेको भोजमा हेर
बाँधिए दाम्पत्यजीवनमा,रमे बिहेको भोजमा हेर
तीनसन्तान जन्मिए,उमेर बीस नपुग्दै दम्पति का
थाहा पाए दुबैले,जीवन दबेको भारी बोझमा हेर
थाहा पाए दुबैले,जीवन दबेको भारी बोझमा हेर
रोक्न सके बालबिवाह,घट्थ्यो मात्रृमृत्युदर पनि
कोपिलामै नओईलिई,चम्कने मुहार ओजमा हेर
शारदा ओली शिवाकोटी हेटौडा.
कोपिलामै नओईलिई,चम्कने मुहार ओजमा हेर
शारदा ओली शिवाकोटी हेटौडा.
No comments:
Post a Comment