Translate

Saturday, August 12, 2017


गजल- प्रभा ढुङ्गाना


सक्छौ दिल चोरेर लैजाउ म सलाम गर्नेछु ।
र फर्काउन आउँदै नआउ म सलाम गर्नेछु ।

मेरो मुटु जलाउने तिम्रा ठूला सप्ना बोकि,
धाउ ति मठ मन्दिर धाउ म सलाम गर्नेछु ।

गरिब भनी लत्याएर धनी लाई रोजेपछी,
हिरा मोतिकै जुहार लगाउ म सलाम गर्नेछु ।

जिवनमा अनेक पीडा पर्नसक्छ तिम्लाइ पनि,
हरेस भने खाँदै नखाउ म सलाम गर्नेछु ।

जिन्दगीमा अरु कुनै उदेश्य लिदै नलेउ ,
आफू बाँच अरुलाई बचाउ म सलाम गर्नेछु ।

No comments:

Post a Comment