BIPUL SIJAPATI
गजल कसरी आकर्षक हुन्छ ?
गजल कसरी आकर्षक हुन्छ ?
एक मित्रको प्रश्न ।
हिन्दी उर्दु र नेपालीमा अथाह गीत र गजलहरू लेखिसकिएका छन्, त्यसैले कहीँ न कतै भाव दोहरिनु स्वाभाविक हो । त्यसैले गजल या गीत आकर्षक हुन तीन कुराहरू आवश्यक हुन्छन् भन्ने मलाई लाग्दछ ।
पहिलो कुरा हो अपूर्व कथन । यदि गजलमा अगाडि नभनिएका नवीन कुरा लेख्न सकियो भने गजल आकर्षक हुन्छ, पाठकले नयाँ बिचार, नयाँ कथन पढन पाउने छन् र गजल आकर्षक हुन्छ ।
दोश्रो कुरा प्रस्तुति या शैली (अन्दाज-ए-बयाँ) । गजलका शेरहरू प्रस्तुत गर्ने नयाँ शैलीले पनि गजल आकर्षक हुन्छ । नौला मीठा शब्दहरूको प्रयोग, अलंकारहरुको प्रयोगले पहिले भनिसकिएका कुरा या भाव पनि नौला र आकर्षक लाग्छन् ।
तेश्रो कुरा हो बक्रोक्ति । गजलका शेरहरूको रैखिक र बृतात्मक अर्थका हुने गरेका छन् । बृतात्मक अर्थ बोकेका शेर रैखिक अर्थ बोकेको शेरभन्दा अलग हुने भएकाले मीठा हुन्छन् ।
ऊ हाँसेको हेर्ने कोशिश गरिरहेँ
जो ऐना हेर्दा मैले देख्छु सँधैभरि
रैखिक अर्थमा त आफैलाई हाँसेको हेर्ने कुरा छ तर बृतात्मक अर्थमा ऊ अर्थात् प्रेमी/प्रेमीकालाई भन्न खोजिएको छ । मलाई लाग्छ गजल यिनै तन कुराहरूले आकर्षक र नयाँ लाग्दछन् ।
No comments:
Post a Comment