लक्ष्मण भन्तना " शिरीष
gajal
के हुन्छ के थाह भोली, यो धड्कन रोकिए पछि
म दुनियाँ भुली दिन्छु, तिम्लाई सम्झिए पछि ।।
म दुनियाँ भुली दिन्छु, तिम्लाई सम्झिए पछि ।।
आँफै भित्र यो जिन्दगी, अर्थ पुर्ण लाग्छ अचेल
म हुनुको प्रमाण तिमी, ऐनामा देखिए पछि ।।
म हुनुको प्रमाण तिमी, ऐनामा देखिए पछि ।।
तिम्रो स्थान यो मुटुमा, आँफै तय गर्नु प्रिया
ढुंगा पनि द्यौता बन्छ, आस्थाले पुजिए पछि ।।
ढुंगा पनि द्यौता बन्छ, आस्थाले पुजिए पछि ।।
मन्दिर हो मेरो घर, तिमी हौ देवी यो मनको
स्वर्ग लाग्छ तिमी मेरो, ढुक्ढुकी भैदिए पछि ।।
स्वर्ग लाग्छ तिमी मेरो, ढुक्ढुकी भैदिए पछि ।।
म कहिल्यै "म" रहिन, भएँ जुनी - जुनी तिम्रै
जानी नजानी जिन्दगी, तिम्लाई सुम्पिए पछि ।।
जानी नजानी जिन्दगी, तिम्लाई सुम्पिए पछि ।।
लक्ष्मण भन्तना " शिरीष"
गोरखा
हाल- अबुधावी
गोरखा
हाल- अबुधावी
No comments:
Post a Comment