गजल
कहिलेकाहीं जाने ठाँउ भूलिन्छ हतारमा
विरोध हैन आलोचना चाहिन्छ विचारमा
विरोध हैन आलोचना चाहिन्छ विचारमा
अपराधीक गीरोह त्यो पुलिस भित्र नै छ
त्यसैले निर्दोषहरु जाकिन्छन् कारागारमा
त्यसैले निर्दोषहरु जाकिन्छन् कारागारमा
जो अपाङ्ग छ वर्षौदेखि हिडँडुल सक्दैन
हत्याराको अभियोग लाग्यो खै के आधारमा?
हत्याराको अभियोग लाग्यो खै के आधारमा?
जति गुन लाए पनि बैगुनीलाई कहाँ हुन्छ
भ्रम अनि असत्यको खेति फल्छ संसारमा
भ्रम अनि असत्यको खेति फल्छ संसारमा
न देशको हालत ठिक छ न जनता कठ्ठै
देश डुब्छ राजनितिले व्यक्ति डुब्छ व्यापारमा
©देवराज भन्तना
८अक्टोवर२०१४
देश डुब्छ राजनितिले व्यक्ति डुब्छ व्यापारमा
©देवराज भन्तना
८अक्टोवर२०१४
Wow great gajal
ReplyDelete