Translate

Thursday, August 17, 2017

Mormonism Mayas· 
''अाज फेरि भक्कानिँदै राेएँ''
—निर्मोही व्यास









जिन्दगीमा सधैँभरि निसासिँदै रोएँ
आज फेरि भक्कानिदै धेरै धेरै रोएँ

जुनीभरि जून के हो ? थाहै पाइएन
घाम कैले झुल्क्यो भन्ने चालै पाइएन
उज्यालोको प्यासमा नै तीनबीस छोएँ
आज फेरि भक्कानिदै धेरै धेरै रोएँ

थाहा त छ— ''सबै जना हुन्नन् भाग्यमानी''
तर पनि बुझ्दैन यो चित्त जानाजानी
कहालिँदै आफ्नो मन आफैँसित फोएँ
आज फेरि भक्कानिदै धेरै धेरै रोएँ

जीवनमा अझै कति रुन बाँकी होला !
रुँदा रुँदै बित्ने हो कि चारदिने चोला !
मुहार यो भुलभुले आँसुले नैे धोएँ
आज फेरि भक्कानिदै धेरै धेरै रोएँ
०००
(रचनाः १८ फागुन २०६९)
(छापिँदै गरेकाे कविता–सङ्ग्रह ''बग्दैबग्दै" बाट)

No comments:

Post a Comment