Translate

Monday, August 21, 2017

nishan bhattarai


बाढी पहिरोले ल्याएको अभाव भन्दा ठूलो अभाव मेरो संगीत यात्रालाई सम्झेर अनि अफ्नो देश भन्दा बाहिर रहेर आफ्नो कर्मप्रति भन्दा म प्रती समय खर्चेर मलाई भोट गर्न लागिपर्नु हुने मेरा सम्पूर्ण शुभचिन्तकहरू तपाईहरूको सम्मानमा मेरा सबै इन्द्रियहरू झुकेका छन् । आफु अत्यन्तै विक्षिप्त अवस्थामा रहेर पनि मलाई भोट गर्न समय छुट्याउनु हुने यहाँहरूको मप्रतिको माया देखेपछि लाग्यो कुनै पनि सीमा भन्दा पर केही छ भने मप्रतिको यहाँहरूको माया छ । र त्यसको फलस्वरुप म नेपाल आइडलको उत्कृष्ठ पाँच जनामा पर्न सफल भएको छु । म संकल्प पनि गर्छु कि म जीवनभर गीतसंगीतमा समर्पित हुने छु र यहाँहरूको यो मायाको उच्च सम्मान गरिरहने छु ।


Friday, August 18, 2017

muktak

सन्ध्या सापकोटा अग्राख

लाग्छ यिनै चिज बारम्बार न"भइदियोस् ,

जिन्दगी फसाउने कारागार न"भइदियोस् |
सधैंभरि पारदर्शी भएर टल्कने र फुट्ने ,
एेना सँग तुलना मेरो निधार न"भइदियोस् |

Thursday, August 17, 2017

चक्र

यो सहर सुन्दर चीजको आवरण सर्लक्कै उप्काएर आफ्नै रागले खुम्चिएको मरिच जस्तो विचारले लट्पटिएको अखबारको पानाको सिरानमा लगेर टाँस्छ। सौन्दर्य चोर्ने आँखाले कति दिनलाई चोर्न नपर्ने गरी चोर्‍यो र कैद गर्‍यो। टाँस्नेले कुन-कुन अङ्गमा छोयो बेस्सरी, बिस्तारै वा बिचमा तर कसैले अँगालोभरि उसैको सौन्दर्य नयाँ बेहुलीको सारी झैँ लतारेर स्वयम् उसैलाई बेच्दैछ।
.... "म यो सहरको नामी दर्शक हुँ। मलाई हेर्नकै लागि आँखा दिएको छ तर हेर्न पाउने अनुमति पत्र दिएको छैन।" मैले रिङरोडमा चलाइरहेको आँखाले कुरुपतादेखि सुन्दर, स्वरूपदेखि आकार र प्रकारदेखि तहसम्म कैद गरिरहन्छ। आफैँले चलाइरहेको आँखाको दाहिनेपट्टि नि:शुल्क गन्तव्यमा पुर्‍याइदिने बहानामा सवार छ सौन्दर्य, उही सौन्दर्यलाई उसैको सुन्दरता बेच्न। झ्याल ढक्ढकाइरहन्छ अनेकौँ भोका सूर्यको सुन्दरता बेचेर पेट पालिरहेको रेडियो।
....आफ्नो सौन्दर्य देखेर ऊ के सम्बोधन गर्दो हो? तर बिहानै चिया पिउन निक्लेका बादलहरूले एउटा गराको डिलमा उसको मुस्कान झिकेर ओँठमा चुम्छन्। संवेदना बिर्सि छाती नाप्छन्, भोलिको भविष्य के जन्मेला भनेर नितम्बमा प्रश्न अड्याउँछन्। कोल्टो पर्ने कति होलान् पर के छ भनेर हेर्ने।
उस्तै सौन्दर्यलाई यौनाकारमा चिटिक्क पारेर काटुन्जेल उत्तेजित हुँदै पछाडि विर्यको लेप लाएर भित्तामा टाँसेको कोठाहरूमा मैले पनि अतिरिक्त गणितको गृहकार्य गरेको याद छ।
उसको सौन्दर्यलाई चार टुक्रा पारेर सोली बनाइदिँदा चटपटेवालाले कति मिठ्याइरहेको होला जिब्रो। ... एक किलो मासु किन्दा पसलेले दुई किलो सित्तैमा भनेको तीन किलोको पैसा एक किलोको मात्र दिँदा नाफा सम्झने पनि यही दैनिकी चलाइरहेका छन्। बाटोको नाली छेउ लछप्पै भिजेको सौन्दर्य स्कुले नानीहरूले निशाना बनाएर ढुङ्गा हानिरहेका छन्।
कतिले पेट भर्न, कतिले आँखा भर्न, कतिले मुख रसाए, कतिले यौनान्द पाए तर केही याद नगरी ठुलो भाइले सोहोरेर आज बिहानै नगरपालिकाको गाडीले सित्तैमा गुडायो। पर लगेर आँखा डौडायो। एउटा सेतो पाना कालो पानामा परिणत हुँदा पनि उसको सौन्दर्य झन् चम्किरहेको थियो। यो सहरमा सबका सबले खोल ओढेर उसलाई खेलाएर एउटा भोको सडक बालकको नाङ्गो पैतलाले कुल्चेपछि कालो आकृति खरानीमा बदलीदिंदा उही खरानी हावाले प्रत्येक ठाउँमा पुर्‍याउने क्रममा सौन्दर्यवालाकै मुहार भरि पनि पुग्यो।
18 जुलाई बिहान 01:17
रूप रसाइली
तस्वीर गुगलबाट
लक्ष्मण भन्तना " शिरीष
             gajal


के हुन्छ के थाह भोली, यो धड्कन रोकिए पछि
म दुनियाँ भुली दिन्छु, तिम्लाई सम्झिए पछि ।।
आँफै भित्र यो जिन्दगी, अर्थ पुर्ण लाग्छ अचेल
म हुनुको प्रमाण तिमी, ऐनामा देखिए पछि ।।
तिम्रो स्थान यो मुटुमा, आँफै तय गर्नु प्रिया
ढुंगा पनि द्यौता बन्छ, आस्थाले पुजिए पछि ।।
मन्दिर हो मेरो घर, तिमी हौ देवी यो मनको
स्वर्ग लाग्छ तिमी मेरो, ढुक्ढुकी भैदिए पछि ।।
म कहिल्यै "म" रहिन, भएँ जुनी - जुनी तिम्रै
जानी नजानी जिन्दगी, तिम्लाई सुम्पिए पछि ।।
लक्ष्मण भन्तना " शिरीष"
गोरखा
हाल- अबुधावी
Mormonism Mayas· 
''अाज फेरि भक्कानिँदै राेएँ''
—निर्मोही व्यास









जिन्दगीमा सधैँभरि निसासिँदै रोएँ
आज फेरि भक्कानिदै धेरै धेरै रोएँ

जुनीभरि जून के हो ? थाहै पाइएन
घाम कैले झुल्क्यो भन्ने चालै पाइएन
उज्यालोको प्यासमा नै तीनबीस छोएँ
आज फेरि भक्कानिदै धेरै धेरै रोएँ

थाहा त छ— ''सबै जना हुन्नन् भाग्यमानी''
तर पनि बुझ्दैन यो चित्त जानाजानी
कहालिँदै आफ्नो मन आफैँसित फोएँ
आज फेरि भक्कानिदै धेरै धेरै रोएँ

जीवनमा अझै कति रुन बाँकी होला !
रुँदा रुँदै बित्ने हो कि चारदिने चोला !
मुहार यो भुलभुले आँसुले नैे धोएँ
आज फेरि भक्कानिदै धेरै धेरै रोएँ
०००
(रचनाः १८ फागुन २०६९)
(छापिँदै गरेकाे कविता–सङ्ग्रह ''बग्दैबग्दै" बाट)